२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी नहुँदाका समस्या : न बैठक न राहत

अ+ अ-

कलेवा । दुई सातापहिले बागलुङको निसीखोला गाउँपालिका–३ की पूर्णकुमारी पुनको गोठमा आगलागी भयो । आगलागीबाट भैँसी र गोरु पनि जले ।

गोठै मासिएको पीडाले छटपटाएकी पुन जलेको गोठको पुनर्निर्माण गर्न राहतको खोजीमा हिँडिन् । सामान्य परिवारकी उनलाई कुनै सानो सहायताले मात्रै पनि ठूलो राहत हुन्थ्यो । निसीखोला गाउँपालिकाले विपद्का बेला सघाउन कोष बनाएर राहत रकम दिने गरेको छ ।

गाउँपालिकाले दैविक प्रकोपबाट क्षति हुनेको राहतका लागि कार्यविधि बनाएको छ । वडाध्यक्ष जुनविक्रम शाहीले सुनाएको यही कुरा सुनेर गाउँपालिकामा राहतका लागि पुगेकी पुन रित्तो हात फर्किइन् । गाउँपालिकाले विपद्का बेला सघाउने भनेर बनाएको कोषको रकम निकासा गर्ने अधिकारी गाउँपालिकामा छैनन् । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य समायोजनसँगै गत असार २९ गते अख्तियारमा सरुवा भएसँगै निसीखोला अधिकारसम्पन्न अधिकारीविहीन छ ।

नियमित पञ्जीकरणका कामका लागि नायब सुब्बा पुरुषोत्तम गौतमलाई निमित्तको जिम्मेवारी दिइए पनि आवश्यक परेका बेला बैठक चलाउने वा आर्थिक कारोवार गर्ने अधिकार उनलाई छैन । रामप्रसादको सरुवासँगै निसीखोलामा सबै काममा समस्या देखिन थालेको छ । प्रमुख प्रशासकीय अधिकृतको सरुवा गराएको मन्त्रालयले अरू कसैलाई जिम्मेवारी दिएर नपठाउँदा समस्या भइरहेको गाउँपालिका उपाध्यक्ष शोभा कार्कीले बताए ।

निमित्त अधिकार पाएका गौतमको समेत काठेखोला गाउँपालिकामा सरुवा भएको छ । कर्मचारी समायोजनमा उनको दरबन्दी काठेखोला कायम गरिएको भए पनि गाउँपालिका नै खाली हुने अवस्था आएकाले रोकेर राखेको कार्कीले बताए । ‘कर्मचारी चाहियो भनेर कैयौँ पटक अध्यक्ष सम्बन्धित निकायमा पुग्नुभएको छ’, कार्कीले भने, ‘अहिलेसम्म कसैलाई तोकेको जानकारी छैन ।’

प्रमुख प्रशासकीय अधिकृत मात्रै होइन, गाउँपालिकामा अन्य तहका कर्मचारीको पनि अभाव छ । वडा नं ७ मा रहेको कार्यपालिकाको कार्यालय, शिक्षा, पशु, कृषि र वडामा समेत गरेर नौ जना कर्मचारीले मात्रै काम गरिरहेका छन् । सामान्यतया २५ हजारसम्म जनसङ्ख्या रहेको गाउँपालिकामा वडा कार्यालयका कर्मचारीबाहेक १७ जनाको दरबन्दी हुन्छ । वडा कार्यालयका एक प्राविधिक र एक जना खरिदार वा नायब सुब्बा रहने प्रावधान छ ।

‘३२ जनाको दरबन्दी रहेको गाउँपालिकामा नौ जनाले काम गर्दै हुनुहुन्छ, काम चलाउन निकै कठिन भयो’, वडा नं ३ का अध्यक्ष शाहीले भने, ‘योजनाका कामको कुरै छोड्नुस्, विपद्मा राहत दिनसमेत सकिएको छैन ।’ प्रमुख प्रशासकीय अधिकृत नभएकै कारण गाउँपालिकाअन्तर्गतका कार्यालयका कर्मचारी तथा विद्यालयका शिक्षकको तलब भत्ता रोकिएको छ ।

‘हामीले कार्यालयका काम मात्रै गर्ने हो’, निमित्त प्रमुख गौतमले भने, ‘तलब भत्तासमेत खुवाउन पाइएन ।’ निसीखोलामा लेखा शाखाका प्रमुखसमेत छैनन् । एक जना सहायक लेखापालले काजमा बसेर काम गरिरहेको शाहीले जानकारी दिए । स्वास्थ्य शाखामा एक, कृषि तथा पशु प्राविधिक करारका दुई, वडा सचिव दुई, लेखामा एक, प्राविधिक दुई र निमित्त प्रमुख प्रशासकीय एक जनाले मात्रै काम गर्दै आएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत नभएकै कारण दुई महीनादेखि गाउँ कार्यपालिकाको बैठकसमेत बस्न सकेको छैन । ‘कानूनमा बैठकको सचिव स्वतः प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था रहेछ’, शाहीले भने, ‘सचिव बिना कसरी बैठक बस्नु ।’

फुर्सदको समय भएकाले यतिबेला कार्यपालिकाले योजना तथा प्राशसनिक कामका लागि पर्याप्त छलफल गर्न पाइने भए पनि त्यो अवस्था नरहेको उनले बताए । अहिले अनौपचारिक छलफलबाहेक गाउँपालिकाको औपचारिक बैठक बसेको छैन । नेपाल सरकारले गरेको कर्मचारी समायोजनका बेला निसीखोला गाउँपालिका रोज्ने कर्मचारी नै नभएकाले समस्या आएको वडा नं ४ का वडाध्यक्ष टीकानिधि पौडेलले बताए ।