बंगलादेशविरुद्ध नेपालको उत्कृष्ट ब्याटिङ, पवन र सन्दीपको अर्धसतकमा २६२ रनको लक्ष्य « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बंगलादेशविरुद्ध नेपालको उत्कृष्ट ब्याटिङ, पवन र सन्दीपको अर्धसतकमा २६२ रनको लक्ष्य


२२ भाद्र २०७६, आइतबार


काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले बंगलादेशलाई २६२ रनको लक्ष्य पेश गरेको छ ।

श्रीलंकाको पी सारामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनायो । टेष्ट नेशनविरुद्ध बलियो स्कोर बनाउने क्रममा पवन शरार्फसँगै सन्दीप जोराको ब्याटिङ उत्कृष्ट रहृयो ।

नेपालको सुरुवात ठीकै रहृयो । ऋत गौतम र पवनले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । ऋत ३२ रनमा आउट भए । आसिफ शेख मात्र ३ रनमा पभेलियन फर्किए ।

तर पवनले सम्हालिएर ब्याटिङ गरे । उनले कुशल मल्लसँग ३९ रनको साझेदारी गरे भने कप्तान रोहितकुमार पौडेलसँग १४ रनको । त्यसपछि सन्दीप जोरासँग १४ रनको साझेदारी गरेका उनी ८१ रनमा आउट भए ।

पाँचौं विकेटका रुपमा पवन आउट हुँदा नेपालको स्कोर १७१ रन थियो । र झण्डै १० ओभर खेल बाँकी थियो ।

सन्दीप जोराले भीम सार्कीसँग मिलेर नेपालको स्कोरलाई बलियो स्थितिमा पुर्‍याए । दुबैले ७१ रनको साझेजारी गरे । आक्रामक पारी खेलेका उन्दीपले ३७ बलमा ५६ रनको महत्वपूर्ण पारी खेले ।

भीमले २१ रन बनाए । कुशल मल्लको नाममा व्यक्तिगत २८ र कप्तान रोहितकुमारको नाममा १४ रन रहृयो ।

बंगलादेशका मोहम्मद तान्जिम हुसेन र मोहम्मद शाहिन आलमले समान २-२ विकेट लिएका छन् ।

सेमिफाइनलमा पुग्ने सम्भावनालाई यथावत राख्न नेपालले यो खेल जित्नै पर्ने हुन्छ । यदि पराजित भएमा नेपाल एक खेल अगाडि नै यू-१९ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिनेछ ।

प्रतिक्रिया दिनुहोस