२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय प्रसारण लाइनमा जोडियो नौमुले

अ+ अ-

दैलेख । स्थानीय सरकार सञ्चालन भएको दुई वर्षपछि नौमुले गाउँपालिका नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । बत्तीका लागि उपभोक्ताको माग सङ्कलन गर्दा एकै दिनमा १५० उपभोक्ताले बत्ती माग गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको जिल्लास्थित कार्यालयमा ५० वटा मात्र मिटर भएकाले थप मिटरका लागि क्षेत्रीय कार्यालयमा माग गरिएको निमित्त कार्यालय प्रमुख पूर्ण खत्रीले जानकारी दिए ।

तत्काल गाउँपालिका केन्द्र रहेको आसपास करीब ३०० उपभोक्ताले बत्ती बाल्ने अवसर प्राप्त गर्ने गरी तयारी थालिएको नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले बताए । हामीले तत्काल मिटर उपलब्ध गराइदिन जिल्लामा खबर गरिसकेका छौँ, दशैँ अगाडि नै उपभोक्ताको घरमा बत्ती बाल्न गाउँपालिकाले पनि सकेसम्म सहयोग गर्ने अध्यक्ष बुढामगरको भनाइ छ ।

नौमुले गाउँपालिकाभित्र चार जलविद्युत् आयोजना निर्माणको क्रममा छन् । द्धारीखोला जलविद्युत् आयोजनाले विगत दुई वर्षदेखि नौमुलेबाट विद्युत् उत्पादन शुरु गरेर दैलेख र सुर्खेतका बासिन्दालाई विद्युत् सेवा आपुर्ति गरेको भए पनि नौमुले आफैँ बत्तीमुनिको अँध्यारोमा रहेको छ । गाउँपालिकाको सदरमुकाम नौमुले बजारमा बत्ती बलेपछि पालिकाको दैनिक काममा समेत सजिलो हुने भएको छ । सोलारबाट कामकाज चलाउँदै आएको गाउँपालिकाका काममा सहजता हुने नौमुले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताए ।

यसअघि स्थानीयस्तरमै उत्पादन भएको साना जलविद्युत् आयोजनाले बिहान–बेलुका मात्रै बत्ती बाल्दै आएका स्थानीयवासी केन्द्रीय प्रसारण लाइनको बत्ती आएपछि खुशी भएको भए पनि तत्काल जिल्लाले मिटर उपलब्ध गराउनुपर्ने स्थानीय शशिराम विकको भनाइ छ ।

नौमुले गाउँपालिकामा निर्माणको अन्तिम चरणमा रहेको पदमखोला जलविद्युत् आयोजनाले भदौको अन्तिममा ४ दशमलव ७५ मेगावाट क्षमताको बत्ती उत्पादन शुरु गर्ने भएको छ । योसँगै नौमुलेबाट ८.५ मेगावाट बत्ती उत्पादन हुनेछ । अन्य दुई जलविद्युत् आयोजना निर्माणको तयारीमा रहेको गाउँपालिकाले जानकारी दिएको छ ।