२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव बेचबिखन तथा ओसारपसारविरुद्ध र्‍याली

अ+ अ-

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३औँ राष्ट्रिय दिवसको अवसरमा आज झापाको काँकडभिट्टामा वृहत र्‍यालीको आयोजना गरिएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट निकालिएको र्‍यालीमा प्रदेश नं– १ का प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवाली, जिल्ला प्रहरी प्रमुख दिनेश मैनाली, निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद निरौलालगायत मानव बेचबिखन तथा ओसारपसार विरुद्धको क्षेत्रमा काम गर्ने माइती नेपाल, विभिन्न संघ संस्थाका प्रतिनिधि, नागरिक समाज र विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।

र्‍यालीमा चेलीबेटी बेचबिखन मुक्त देश बनाउनुपर्ने सचेतनामूलक नारा लेखिएका प्ले कार्डसहितको जनसहभागिता रहेको थियो । जिल्ला प्रहरी कार्यालय झापाद्वारा आयोजित कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको जानकारी दिने सचेतनामूलक पर्चा वितरण गरिएको थियो ।

झापाको काँकडभिट्टा मानव बेचबिखनको ट्रान्जिट प्वाइन्टको रुपमा रहेको बताउँदै मातहतमा रहेका सुरक्षाकर्मीलाई चखानो भएर काम गर्न प्रदेश नम्बर– १ का प्रहरी प्रमुख ज्ञवालीले निर्देशन दिएका थिए ।

आज झापा चन्द्रगढी, विर्तामोडलगायतका क्षेत्रमा समेत मानव बेचबिखनविरुद्ध सचेतनामूलक कार्यक्रम गरिएको छ ।