कैलालीबाट तीन जना हतियारसहित पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कैलालीबाट तीन जना हतियारसहित पक्राउ


१९ भाद्र २०७६, बिहिबार


pakrau

काठमाडौं । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले चार थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले पेस्तोल बरामद भएको पुष्टि गर्दै अनुसन्धान जारी रहेको बताएको छ। पेस्तोलसँगै केही मात्रामा गोली समेत बरामद भएको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरमा एक घरबाट चार थान पेस्तोल, सुनका गहनासहित तीन जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनीहरुको साथबाट राष्ट्र बैंकका नक्कली कागजात, तमसुक र केही सुनका गहना समेत बरामद गरिएको बताइएको छ । उनीहरु तीनै जना अर्काको घरमा भाडामा बस्दै आएका थिए । पक्राउ परेकाहरु को हुन् भन्ने प्रहरीले खुलाएको छैन ।

प्रहरी स्रोतका अनुसार उनीहरुको साथबाट तीन सय करोडको एउटा र अन्य चेकसमेत बरामद भएको छ । उनीहरु मिटरब्याजी भएको हुनसक्ने प्रहरी आशंका छ ।

Tags :
प्रतिक्रिया दिनुहोस