२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ल्याण्डफिल साइटको विकल्पको खोजीमा सरकार : मन्त्री बस्नेत

अ+ अ-

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शहरबजारबाट उत्पन्न हुने फोहर व्यवस्थापनका लागि सधै ‘ल्याण्डफिल साइट’ खोजेर मात्र समस्याको समाधान नहुने बताएका छन् । उनले सरकार सो समस्याको समाधानका लागि गम्भीर भएर वैकल्पिक उपाय खोजीमा लागेको स्पष्ट गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै उनले फोहरको स्रोतबाटै कुहिने नकुहिने छुट्याउन लगाई काम लाग्ने फोहरलाई पुनःप्रयोग गर्ने र फोहरबाट ऊर्जासमेत उत्पादन गर्ने काम भइरहेको जानकारी दिए ।

बैठकमा सांसद उमा रेग्मीले देशभर फोहरमैला व्यवस्थापन गर्ने ठाउँको अभावमा डम्पिङ साइटको ठूलो विवादले शहरबजार दुर्गन्धित हुँदै गएको छ । सरकारले यसको वैकल्पिक व्यवस्थाका लागि के गरिरहेको छ भनी प्रश्न गरेका थिए ।

सांसद सुजाता परियारले फोहर स्रोतमै छुट्याएर किन व्यवस्थापन गरिँदैन भनी पूरक प्रश्न गरेका थिए । सांसद नारायणप्रसाद खतिवडाले नुवाकोटको ओखरपौवाको फोहरबाट मल उत्पादन गर्ने योजना केही छ कि भनी पूरक प्रश्न गरेका थिए ।

सांसद महेन्द्रराय यादवले तराई–मधेशमा अवस्थित सम्पूर्ण चुरे क्षेत्रको विकास, संरक्षण तथा सम्वर्द्धन कहिलेसम्म हुन्छ भनी प्रश्न गरेका थिए ।

जवाफमा मन्त्री बस्नेतले चुरे व्यवस्थापनका लागि मन्त्रालयले राष्ट्रिय गौरवको आयोजना सञ्चालन गरिरहेको बताउँदै यो विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे ।

चुरे संरक्षणका लागि गुरुयोजनाका साथ पाँच एकाइ बनाएर काम भइरहेको बताउँदै मन्त्री बस्नेतले क्षमताले धानेसम्म बजेट बढाउँदै लैजाने र अझ थप प्रभावकारी बनाउन यसको पुनःसंरचनाका बारेमा पनि सोचिएको बताए । चुरे संरक्षणका लागि नदी प्रणाली र जीविकोपार्जनमा आधारित संरक्षणका कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी गराए ।

सो आयोजनामा कूल रु एक अर्ब ६९ करोड बजेट विनियोजन गरी त्यसमध्ये ८४ प्रतिशत बजेट स्थानीय तहमार्फत कार्यान्वयन हुने व्यवस्था गरिरहेको मन्त्री बस्नेतले बताए ।

निकुञ्जको मध्यवर्ती क्षेत्रका जनता वन्यजन्तुबाट पीडित भएको भन्ने सांसदको प्रश्नको सम्बन्धमा मन्त्री बस्नेतले निकुञ्जको भारक्षमता हेरेर नयाँ व्यवस्थापनका उपाय अवलम्बन गरी मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गरिने बताए ।

बैठकमा सांसद डिला सङ्ग्रौलाका तर्फबाट रङ्गमति शाहीले वन डढेलोबाट मुलुकभरमा भएको जनधनको क्षति र यसलाई नियन्त्रण गर्न सरकारको योजना के छ भनी प्रश्न गरेका थिए ।

जवाफमा मन्त्री बस्नेतले डढेलो नियन्त्रण संघीय सरकारको भन्दा बढी प्रादेशिक सरकारको अधिकारअन्तर्गत पर्ने भन्दै यसका बाबजुद केन्द्रले सचेतना कार्यक्रम, नियन्त्रणका उपकरण उपलब्ध गराउनेलगायत कार्य गर्दै आएको बताए ।

सांसद रामबहादुर विष्टले नेपालको दक्षिण सिमाना भारतसँग जोडिएको अवस्थामा ती दक्षिणी सिमानामा हराभरा जङ्गल बनाउनेबारे सरकारको के–कस्तो योजना रहको छ भनी प्रश्न गरेका थिए ।

जवाफमा मन्त्री बस्नेतले करीब ४५ प्रतिशत वन क्षेत्र रहे पनि ७५३ स्थानीय तहमध्ये १३७ स्थानीय तह वनरहित रहेको र ती अधिकांश दक्षिण क्षेत्रमा अवस्थित छन् भने। यसलाई ध्यानमा राखेर सरकारले साझेदारी वन, चुरे संरक्षणका कार्यक्रम र वृक्षरोपण वर्ष घोषणा गरेर हरियाली बनाउने योजना अघि बढाएको बताए ।

प्रतिक्रिया दिनुहोस