अमेरिका–चीन सम्झौता ट्रम्पको दोस्रो कार्यकालमा ‘अझ बढी कठीन’ बन्ने : ट्रम्प « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अमेरिका–चीन सम्झौता ट्रम्पको दोस्रो कार्यकालमा ‘अझ बढी कठीन’ बन्ने : ट्रम्प


१७ भाद्र २०७६, मंगलबार


वासिङ्टन । बेइजिङलाई व्यापार वार्तामा ‘खुट्टा नलतार्न’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार चीनसँग आग्रह गरेका छन् ।

उनले आगामी नेतृत्वसँग सम्झौता सहज हुने चीनको आशालाई अमेरिकी निर्वाचनले जवाफ दिने बताए ।

उनको दावीे आफू दोस्रो पटक पनि निर्वाचित हुने र दोस्रो कार्यकालमा व्यापार सम्झौता अझ जटिल बन्ने बताए ।

मलाई थाहा छ उनीहरू नयाँ प्रशासनसँग सहमति गर्न चाहन्छन् । रोजगारी तथा कम्पनीहरूको क्षेत्रमा १६ महिनाभन्दा बढीको समय भनेको लामो अवधि हो जसले अर्थतन्त्रमा व्यापक प्रभाव पार्छ, ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत् सम्प्रेषण गरेको सन्देशमा उल्लेख छ ।

‘त्यसपछि चीनको आशा के हुनेछ जब मैले निर्वाचन जितेर दोस्रो कार्यकालका लागि योग्य बन्नेछु । सम्झौता थप कठीन बन्नेछ ।’ रासस/एएफपी

प्रतिक्रिया दिनुहोस