२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोरियन आँधीबाट बहमासमा पाँचको मृत्यु

अ+ अ-

पोर्टसेन्ट लुसी । संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दुमा पारेर आएको डोरियन नामको आँधीका कारण पाँच जनाको मृत्यु भएको छ । समुद्रको छाल र भिषण वर्षाका कारण बहमासको जनजीवन अस्तव्यस्त भएको छ ।

बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले सोमबार बहमास द्वीपका जनताका लागि यो आँधी ‘इतिहासकै दुःखान्त’ को संज्ञा दिए । द्वीपबाट उद्धार गरिएका हजारौं व्यक्ति अमेरिकी पूर्वी तटीय इलाकामा आइपुगेका छन् ।

बहमासमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मिन्निसले भने– रोयल बहमास प्रहरीले अबाकोबाट पाँच जनाको शव बरामद गरेको छ ।
मौसमविदहरुले डोरियन आँधीलाई आइतबार पाँचौं श्रेणी (क्याटेगोरी फाइभ) मा राखेका थिए । राष्ट्रिय आँधीसम्बन्धी केन्द्र (एनएचसी) का अनुसार मंगलबारका लागि यो आँधी केही मत्थर भएर तेस्रो श्रेणीमा पुग्नेछ ।

अमेरिकी प्रक्षेपणकर्ताहरुका अनुसार आँधीले बहमासमा मंगलबार पनि क्षति गर्न सक्नेछ ।

ग्रान्ड बहमाकी निवासी एक महिला केन्ड्रा विलियम्सले एएफपीलाई भने – यहाँ जताततै पानी छ । हामी घरको छानामा बसेका छौं । कसैले हामीलाई उद्धार गर्न सक्ला रु कृपया सहयोग गर्नु न है । म, मेरा छ जना नातिनातिना र मेरो छोरा सबै छतमा छौं ।

अमेरिकाको फ्लोरिडामा पनि डोरियन आँधीको प्रभाव देखिँदैछ । यहाँ भारी वर्षा र तिब्र वेगको हावा चल्ने प्रक्षेपण गरिएको छ । मायामीस्थित एनएचसीका अनुसार मंगलबार यहाँ टोर्नाडो (भिषण आँधी) को सम्भावना पनि छ ।

फ्लोरिडामा १२१ वटा अस्थायी शिविरमा नौ हजार ५०० भन्दा बढी मानिसले शरण लिएका छन् । दुई बालबच्चा र आमासहित शिविरमा आइपुगेकी ३० वर्षीया स्टेफानी पासिक्सले भने– म यहाँ हिजो आइपुगें । आपतकालीन स्थितिको घोषणा गरेका कारण हामी यहाँ आइपुगेका हौं ।

‘मेरो बुबा घरमा बिरालोको हेरचाहमै हुनुहुन्छ, तर हामी भाग्यौं । उहाँ त कहिले पनि घर छाड्नु हुन्न । उहाँलाई शिविरमा बस्न मन लाग्दैन,’ पासिक्सले भने ।

मौसम पूर्वानुमान विभागका अनुसार यो आँधीले अमेरिकी पूर्वी तटीय राज्यहरु फ्लोरिडा सहित जर्जिया र दक्षिण क्यारोलिना राज्यमा प्रभाव पार्नेछ । यी राज्यका आँधी प्रभावित इलाकाका मानिसका लागि अस्थायी शिविरको व्यवस्था गरिएको छ । एक अनुमान अनुसार आँधीबाट झण्डै १० लाख मानिस प्रभावित हुनेछन् ।

उत्तर क्यारोलिना र भर्जिनिया राज्यले पनि आपतकालीन स्थितिको घोषणा गरेका छन् । रासस/एएफपी