बंगलादेश र कतारका लागि नियुक्त भएका राजदूतले लिए राष्ट्रपति भण्डारीबाट पद तथा गोपनियताको सपथ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बंगलादेश र कतारका लागि नियुक्त भएका राजदूतले लिए राष्ट्रपति भण्डारीबाट पद तथा गोपनियताको सपथ


१५ भाद्र २०७६, आइतबार


काठमाडौं । बंगलादेश र कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका राजदूतहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

सपथ ग्रहण गर्नेमा बंगलादेशका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका डाक्टर वंशीधर मिश्र र कतारका लागि नेपालको अवासीय राजदूत पदमा नियुक्त भएका डाक्टर नारदनाथ भारद्वाज रहेका छन् ।

त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस