२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकै वर्षमा रोपिए एक लाख ५३ हजार बिरुवा

अ+ अ-

फिदिम । पाँचथरमा डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा मात्रै एक लाख ५३ हजार ३५० विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको जनाएको छ । वृक्षरोपणका औपचारिक कार्यक्रम तथा हरियाली निर्माणका लागि नियमित हुने वृक्षरोपण अभियान फलदायी नभएको आरोप लागिरहेका बेला कार्यालयले काष्ठ, गैरकाष्ठ रुखका तथा जडीबुटीका गरी उक्त सङ्ख्यामा बिरुवा रोपण गरिएको जनाएको हो ।

डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार गत आवमा समूह तथा सहकारीले सामुदायिक तथा कबुलियती वनमा ३५ हजार ८५० जडीबुटीका बिरुवा रोपेका छन् ।

जसमा लौठसल्ला २१ हजार ३००, सतुवा १३ हजार ५०, फालेविष ४००, वन लसुन ३००, खोकिम र विखमा ४/४ सय छन् । यस्तै जिल्लाका कृषकले निजी जग्गामा ३७ हजार ७०० लौठसल्ला र सतुवाका बिरुवा रोपेका छन् । जसमा लौठसल्लाका बिरुवा छ हजार २०० छन् भने सतुवाका बिरुवा ३१ हजार ५०० छन् ।

काष्ठजन्य प्रजातिका ११ हजार २०० वटा बिरुवा एकै सामुदायिक वनमा रोपण गरिएको डिभिजन प्रमुख राईले जानकारी दिए । फिदिम नगरपालिका वडा नं ३ र ५ तथा फाल्गुनन्द गाउँपालिका–२ मा पर्ने नाम्फुङ्यक सामुदायिक वनको सात हेक्टर जमीनमा चाप, लौठसल्ला, उत्तिस, पैयु र जापानिज सल्लाका विरुवा रोपण गरिएको हो ।

यस्तै चार वटा कबुलियती वनहरुमा ६८ हजार अर्गेलीका बिरुवा रोपिएको छ । अर्गेली खेती क्रमशः फष्टाउँदै गएको, आधुनिक रुपमा प्रशोधन गरिएको अर्गेलीको लोक्ताले राम्रो मूल्य पाउन थालेका कारण कार्यालयले कृषकलाई बिरुवा वितरण गर्न थालेको डिभिजन प्रमुख राईले बताए ।

डिभिजन वन कार्यालयले जडीबुटी तथा वन पैदावार प्रवर्द्धनमा सघाउ पुर्‍याउने उद्देश्यले जिल्लाको फालेलुङ गाँउपालिका–६ र फाल्गुनन्द गाउँपालिका–३ मा एक/एक वटा जडीबुटी भण्डारण केन्द्र निर्माण गरेको छ । यस्तै एउटा वन पैदावारमा आधारित उद्योग सञ्चालन गृह निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस