बैदेशिक रोजगारीमा जाँदा बैंक खाता अनिवार्य « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

बैदेशिक रोजगारीमा जाँदा बैंक खाता अनिवार्य


१४ भाद्र २०७६, शनिबार


काठमाडौं । सरकारले रेमिटेन्सलाई बैकिङ प्रणालीमार्फत ल्याएर विनिमय सञ्चिति बढाउन बैदेशिक रोजगारीमा जानेलाई बैंक खाता अनिवार्य गर्न लागेको छ ।

अहिले मुलुकमा कुल रेमिटेन्सको एकतिहाइभन्दा बढी हुन्डीमार्फत भित्रिने अनुमान छ । हुन्डीमार्फत हुने कारोबार रोक्न सरकारले सबै रेमिटेन्स बैंकिङ प्रणालीमार्फत ल्याउन अनिवार्य खाताको व्यवस्था गर्न लागेको हो ।

बैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले विदेशमा कमाएको रकम बैंकिङ च्यानलमार्फत भित्रियोस भनेर विदेश जानुअघि अनिवार्य बैंक खाता खोल्नुपर्ने नियम बनाएको बताए ।

विभागका अनुसर भदौ १६ गतेदेखि यो नियम लागु हुँदैछ । पछिल्लो समय विदेशी विनिमय संचितिमा कमीले अर्थतन्त्रमा समस्या आउने संकेत देखिएपछि सरकार असजिलोमा छ । नागरिक दैनिकबाट

Tags :
प्रतिक्रिया दिनुहोस