भ्रष्टाचारीलाई एक घण्टाभित्र कारवाही हुन्छ : मुख्यमन्त्री राई « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भ्रष्टाचारीलाई एक घण्टाभित्र कारवाही हुन्छ : मुख्यमन्त्री राई


१३ भाद्र २०७६, शुक्रबार


विराटनगर । प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राईले कर्मचारीतन्त्रमा कसैले भ्रष्टाचार गरेको जानकारी प्राप्त भएमा एक घण्टाभित्र कारवाही गर्ने बताएका छन् । सुशासन तथा योजना समितिद्वारा यहाँ आज आयोजित अन्तक्र्रियामा उनले प्रदेशका जनताका काममा ढिलासुस्ती र भ्रष्टाचार निर्मूल गर्ने कार्यमा आफूसदैव अगाडि रहने छु भने । मुख्यमन्त्री राईले मुलुकमा सुशासन र समृद्धि कायम गर्न जनअपेक्षाअनुसार काम हुनुपर्नेमा जोड दिँदै उनले भने,’सोचअनुसार काम हुन नसक्दा जनतामा नैरश्यता छाएको छ ।’

जनप्रतिनिधिप्रति जनताका ठूलो विश्वास र भरोसा छ भन्दै उनले जनतालाई केन्द्रविन्दुमा राखी आफ्ना कार्यशैली र व्यवहारमा परिवर्तन गर्न सुझाव दिए ।

सभामुख प्रदीपकुमार भण्डारीले मुलुकमा सुशासन र समृद्धि कायम गर्न तीन तहको सरकार एकजुट हुनुपर्नेमा जोड दिँदै संविधानले दिएको मौलिक अधिकार पाउनु जनताका नैसर्गिक अधिकार भएको धारणा व्यक्त गरे ।

संस्थागत र सामुदायिक विद्यालयबीचको विभेद अन्त्य गरिने

राष्ट्रिय परीक्षा वोर्डबाट कक्षा १२ को विज्ञान संकायमा नेपाल प्रथम भएका ‘अर्किड’ कलेज विराटनगरका निश्चल गुरार्गाइंलाई आज यहाँ सम्मान गरिएको छ । कलेजले आज यहाँ आयोजित कार्यक्रममा गुरागाईँलाई नगद रु १ लाखसहित ताम्रपत्रले सम्मान गरेको छ । उक्त परीक्षामा गरागाईँले ३.९२ जिपिए ल्याएका भएका थिए ।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले गुरागाईलाई सम्मान गर्दै संस्थाग विद्यालय बन्द हुने हल्ला मात्र भएको बताउँदै सरकारी विद्यालयसँग प्रतिस्पर्धा गराउँने बताए । उनले संस्थागत र सरकारी विद्यालयबीच रहेको विभेद् अन्त्य गरी सहजीकरण गर्ने जानकारी दिए । मन्त्री कार्कीले सगरमाथा टिन्स क्लव अर्किडका विद्यार्थीलाई व्याच वितरण गरेका थिए ।
कोशराज रेग्मी पत्रकारिता पुरस्कारबाट विरही पुरस्कृत

कोशराज रेग्मी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६ बाट नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सभापति हरिहर विरहीलाई आज सम्मान एवं पुरस्कृत गरिएको छ । पीताम्बर–खिलेश्वर स्मृति प्रतिष्ठान एवं नेपाल पत्रकार महासङ्घ मोरङद्वारा स्थापित उक्त पुरस्कारबाट उनलाई नगद रु २५ हजार सम्मानपत्रद्वारा सम्मान गरियो ।

प्रदेश नं १ का प्रदेश प्रमुख प्रा डा. गोविन्दबहादुर तुम्वाहाङले पुरस्कार वितरण गर्दै स्व रेग्मीले तानाशाही व्यवस्था समयमा पनि जनतालाई पत्रकारिताको माध्यमबाट सुसूचित गराउने कार्य गरेकोमा सराहना गरे । उनले सच्चाव्यक्तिलाई पुरस्कार प्रदान गरेकोमा खुशी व्यक्त गर्दै पत्रकारिता राष्ट्रिय हित र नागरिकका लागि गर्नुपर्नेमा जोड दिए ।

प्रदेशसभासद सावित्रा रेग्मी र जयराम यादवले लोकतन्त्र स्थापना र समाज परिवर्तनका लागि स्व रेग्मीले लगातार कलम चलाउनु भएको स्मरण गरे । पुरस्कृत पत्रकार विराहीले पत्रकारिता व्यावसायिक, विश्वसनीय बनाउन सचेत हुनुपर्नेमा जोड दिँदै गुण र दोषको आधारमा समाचार सम्प्रेषण गर्न आग्रह गरेयो ।

नेकपा मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, महासंघ प्रदेश अध्यक्ष विक्रम लुइँटेल, मोरङ अध्यक्ष बन्धु पोखरेल र सञ्चारकर्मी अनन्त न्यौपानले पत्रकारिता क्षेत्रमा स्व रेग्मीले पुर्‍याएको योगदानलाई युवा सञ्चारकर्मीले अनुशरण गर्नुपर्नेमा जोड दिए ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस