सुडान घोटालाका दोषी शम्भु भारती पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुडान घोटालाका दोषी शम्भु भारती पक्राउ


१३ भाद्र २०७६, शुक्रबार


काठमाडौं । सुडान घोटालाका दोषी शम्भू भारती पक्राउ परेका छन् । उनलाई सीआइबीको टोलीले ललितपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको हो ।

विशेष अदालत काठमाडौंले सुडानको डार्फरमा तैनाथ नेपाली सुरक्षाकर्मीका लागि खरिद गरिएको एपीसीमा २८ करोड ४० लाख भ्रष्टाचार भएको ठहर गर्दै एस्युर्ड रिस्क कम्पनीका नेपाल एजेन्ट शम्भु भारतीसहित तीन पूर्व तथा वर्तमान प्रहरी अधिकारीसँग असुल गर्न निर्देशन दिएको थियो।

सर्वोच्च अदालतले २०६४ को सुडान घोटाला प्रकरणलाई राष्ट्रिय लज्जाको विषय भनी व्याख्या गरेको थियो।

भारती नेपाल एजेन्टका रुपमा तत्कालीन प्रहरी महानिरीक्षक ओमविक्रम राणासँगको मिलेमतोमा स्पेसिफिकेसन र क्याटलगबिना नै सामानको रेट बनाएर भ्रष्टाचार गरेको सर्वोच्च अदालतको ठहर छ।

Tags :
प्रतिक्रिया दिनुहोस