थाई पर्यटकलाई लुम्बिनी भ्रमणको निम्तो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

थाई पर्यटकलाई लुम्बिनी भ्रमणको निम्तो


१२ भाद्र २०७६, बिहिबार


काठमाडौं । सरकारले थाई नागरिकलाई शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणका निम्ति आमन्त्रण गर्दै दुई देशबीचको सम्बन्धलाई धार्मिक पर्यटनको माध्यमबाट थप प्रगाढ तुल्याउने जनाएको छ ।

बौद्धधर्मावलम्बीको बाहुल्य रहेको थाइल्याण्डमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी राजधानी बैङ्ककमा आज भएको प्रवर्द्धनात्मक कार्यक्रममा थाई नागरिकलाई लुम्बिनी भ्रमणका निम्ति अपिल गरिएको हो ।

थाइल्याण्डस्थित नेपाली दूतावासले गैरआवासीय नेपाली सङ्गठनसँगको साझेदारीमा त्यहाँका पर्यटन उद्यमी तथा यात्रा व्यवसायीको बाक्लो उपस्थितिमा आयोजना गरेको उक्त कार्यक्रममा थाइल्याण्डका लागि नेपाली राजदूत गणेशप्रसाद ढकालले नेपाल भ्रमण वर्षको प्रचारप्रसार गर्न र सम्भावित पर्यटकलाई नेपालको लुम्बिनीलगायत पर्यटकीयस्थलको भ्रमणका निम्ति अभिप्रेरित गर्न आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस