२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोलखा ६७ औँ खुला दिसामुक्त जिल्ला

अ+ अ-

चरिकोट । आवश्यक पर्ने सूचक पूरा गर्दै दोलखालाई आज खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । खानेपानीमन्त्री बीना मगरले नेपालको ६७ औँ जिल्लाका रुपमा दोलखालाई खुला दिसामुक्त भएको प्रमाणपत्र जिल्लास्तरीय खानेपानी सरसफाइ स्वच्छता समन्वय समितिका अध्यक्ष डवल पाण्डेलाई हस्तान्तरण गर्दै सो घोषणा गरेकी हुन् ।

घोषणा समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले नेपालका ७७ वटै जिल्ला असोज महीनाभित्र खुला दिसामुक्त जिल्ला घोषणा गरी सक्ने गरी काम भइरहेको र दक्षिण एशियामा नै पहिलो राष्ट्रका रुपमा खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने तयारीमा रहेको बताइन् । स्वच्छ खानेपानी सबै नागरिकको मैलिक हक भएको र त्यसको व्यवस्थापनका लागि आफूले आवश्यक अध्ययन गरी काम शुरु गरेको उनको भनाइ थियो ।

भूकम्पले क्षति पुगेको दोलखाका विभिन्न ठाउँको खानेपानी योजनाको पुनःनिर्माण र सहज तरिकाले खानेपानीको व्यवस्था मिलाउन आफू प्रतिबद्ध रहेको उनले बताइन् । ‘खुला दिसामुक्त दोलखा जिल्लावासीको सान, दोलखा जिल्लालाई पूर्ण सरसफाइयुक्त बनाउने हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा जिल्लास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका प्रमुख पाण्डेले जिल्लाका सबै गाउँपालिका खुला दिसामुक्त घोषणा भइसकेका  बताइन् ।

सांसद पार्वत गुरुङले खुला दिसामुक्त जिल्ला घोषणा भएकामा खुशी व्यक्त गर्दै चेतनास्तर वृद्धि भई जिल्ला समृद्धिका यात्रामा लागेको बताए । पूर्वपर्यटन संस्कृति तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेल, पूर्वराज्यमन्त्री देवी खड्का, प्रदेश सदस्यद्वय पशुपति चौलागाईं र विशाल खड्कालगायतले सभालाई सम्बोधन गरेका थिए ।