लेखापढी व्यवसायी एक लाख २० हजार घुससहित रंगेहात पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लेखापढी व्यवसायी एक लाख २० हजार घुससहित रंगेहात पक्राउ


१२ भाद्र २०७६, बिहिबार


घुस

काठमाडौँ । लेखापढी व्यवसायी कमल पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

जग्गा नामसारी र लालपुर्जा दिने कार्यको सहजीकरणको लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनलाई एक लाख बीस हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

उनीसँगै मालपोत कार्यालय बुटवलका खरिदार जीवनाथ पाण्डेलाई पनि पक्राउ गरिएको छ । दुवै जनालाई घुस रकम लिइसकेको अवस्थामा मालपोत कार्यालय बुटवल अगाडि रहेको ढकाल–पाण्डे लेखापढी सेवाको कार्यालयबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस