२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उल्लासमय वातावरणमा तीज मनाऔँ : विकासमन्त्री बराल

अ+ अ-

रुपन्देही । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले सकारात्मक सन्देश प्रवाह गरी उल्लासमय वातावरणमा तीज मनाउन आग्रह गरेको छ । उनले तीजप्रति आस्था राख्ने सबैले खुशियालीपूर्वक तीज मनाउन सक्ने वातावरण निर्माण गर्नुपर्ने बताए ।

रिपोर्टर्स क्लब प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको तीज विशेष कार्यक्रममा मन्त्री बरालले पछिल्ला वर्षमा भड्किलो बनेको तीज यो वर्ष सभ्य बनेको धारणा राखे। ‘तीज नेपाली महिलाहरुको रमाइलो पर्व हो । यो पर्वमा आस्था राख्ने सबै रमाउन सक्नुपछ’, उनले भने । मन्त्री बरालले तीजमार्फत सकारात्मक सन्देश प्रवाह गरी समाजलाई सकारात्मक दिशामा लैजानुपर्ने बताए ।

अधिवक्ता मीना पाण्डेले सामाजिक परिवर्तनमा तीजको भूमिका महत्वपूर्ण रहेकाले चेतना फैलाउने पर्वका रुपमा यसलाई लिनुपर्ने बताए । उनले महिलाहरुको स्वतन्त्रताको प्रतीकका रुपमा रहेको तीजलाई हेर्ने दृष्टिकोण आ–आफ्नै रहे पनि सकारात्मक रुपमा लिनुपर्ने बताए ।

सिद्धार्थ गौतमबुद्ध क्याम्पसका सहायक प्रमुख रीता रेग्मीले संस्कृतिको संरक्षण गर्दै विकृति–विसङ्गतिलाई हटाएर तीज मनाउन आवश्यक रहेको धारणा राखे ।

सञ्चारिका समूह प्रदेश ५ का महासचिव अमृता अनमोल र सञ्चारिका समूह लुम्बिनीका अध्यक्ष निरु गौतमले प्रशासनले होटल पार्टी प्यालेसमा तीज मनाउन नपाउने भन्दै विज्ञप्ति जारी गर्नुले आफूखुशी चाड मनाउने अधिकारको हनन भएको टिप्पणी गरे ।

रिपोर्टर्स क्लबका अध्यक्ष रामकुमार क्षेत्री, क्रियाशील महिला पत्रकार समूह रुपन्देहीका अध्यक्ष भगवती पाण्डे, पत्रकार मीना ढकाल, कपिल ज्ञवाली लगायतले चाड मनाउनसमेत अङ्कुश लगाउनु गलत भएको बताउँदै सबैले स्वतन्त्रतापूर्वक चाड मनाउन पाउने वातावरण निर्माण गर्न आग्रह गरे ।