गृहमन्त्रालयले गर्‍यो ३१ सीडीओको सरुवा, को कहाँ (सूचीसहित) « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गृहमन्त्रालयले गर्‍यो ३१ सीडीओको सरुवा, को कहाँ (सूचीसहित)


१२ भाद्र २०७६, बिहिबार


काठमाडौं ।  गृह मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले काठमाडौं, ललितपुर, मोरङ, मकवानपुर, सुर्खेत लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सरुवा गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य गृह मन्त्रालयमा सरुवा भएका छन् । उनको ठाउँमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल आएका छन् । ललितपुरका प्रजिअ प्रेमराज जोशी मकवानपुर सरुवा भएका छन् भने उनको ठाउंमा धादिङका प्रजिअ भगिरथ पाण्डेयलाई ल्याइएको छ ।

मकवानपुरका प्रजिअ आशमान तामाङ धादिङ सरुवा भएका छन् । त्यस्तै काभ्रेका प्रजिअ उदयबहादुर राना झापा सरुवा भएका छन् । मोरङमा मदन भुजेल, रुपन्देहीमा महादेव पन्थ, बारामा फडिन्द्रमणि पोखरेल, सुनसरीमा राजेश पौडेल, झापामा उदयबहादुर राणा, इलाममा सीताराम कार्की, धादिङमा आशमान तामाङ, सुर्खेतमा बसन्त अधिकारी, बाँकेमा कुमारबहादुर खड्का, कास्कीमा रमेश केसी, मुस्ताङमा वेदप्रसाद अर्याल, जाजरकोटमा जनराज पन्तको सरुवा गरिएको छ ।

यस्तै, रुकुम पूर्वमा मोहनप्रसाद अर्याल, बझाङमा उमेश पाण्डेको सरुवा गरिएको छ । डा.कृष्णबहादुर घिमिरे धनकुटा, सुनिल खनाल सप्तरी, सूर्यबहादुर खत्री महोत्तरी र श्रवणकुमार तिमल्सिनालाई काभ्रेको कायममुकायम सिडिओको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस