८३ केजी रक्तचन्दनसहित दुई पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

८३ केजी रक्तचन्दनसहित दुई पक्राउ


१२ भाद्र २०७६, बिहिबार


काठमाडौं । भारतबाट नेपालको बाटो हुँदै चीनतर्फ रक्तचन्दन हुन थालेको छ ।

सिन्धुपाल्चोकको खासा नाका हुँदै तिब्बतर्फ लैजान तयार पारिएको ८३ केजी रक्तचन्दनसहित २ जनालाई प्रहरीले काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–६ रामहिटी चारघरेबाट रक्तचन्दनका ८३ केजी काठका टुक्रा र १ सय ५० ग्राम तौल भएको यार्सागुम्बा जस्तो देखिने जडीबुडीसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–६ रामहिटी चारघरे बस्ने ६० वर्षीय च्याबा लामा र मुगु घर भएका २० वर्षीय योन्देन ग्याम्चो तामाङ छन् ।

उक्त स्थानमा रक्तचन्दन बिक्री भइरहेको भन्‍ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त जडीबुडीसहित फेला पारी पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस