२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आरक्षण खारेजीको अभियान चलाऔँ : अध्यक्ष तिमिल्सिना

अ+ अ-

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नारीहरुको पर्व हरितालिका तीजलाई खर्चिलो र भड्किलो बनाउन नहुनेमा जोड दिएका छन् । इन्द्रेणी एकीकृत विकास समाज र पुष्पाञ्जलि इभेन्ट कम्पनीले बुधबारदेखि पोखरा महानगरपालिका–१ स्थित टुँडीखेल मैदानमा आयोजना गरेको तीज मेलाको उद्घाटन कार्यक्रममा उनले तीज लगायतका पर्व सबै नेपालीले मनाउनसक्ने बनाइनुपर्ने बताए ।

पर्वलाई खर्चिलो नबनाइकन पनि संस्कृति र परम्पराको संरक्षण गर्न सकिने उल्लेख गर्दै उनले भने, “तीज नेपाली कला र संस्कृतिको संरक्षण गर्ने पर्व हो, विगतमा अधिकार नभएको समयमा महिलाहरुले यसलाई स्वतन्त्रताको दिनको रूपमा लिए पनि अब सशक्तिकरणका लागि मनाइनुपर्दछ ।”

संविधानमा गरिएको आरक्षणको व्यवस्था कमजोर र प्रतिस्पर्धा गर्न नसक्नेलाई भएकाले अवका महिलाहरुले हामी सशक्त छौँ, समान प्रतिस्पर्धा गर्न सक्दछौँ भन्ने सन्देश दिने खालका गीत तथा सङ्गीतका माध्यमबाट आरक्षण खारेजीको अभियान चलाउनुपर्ने अध्यक्ष तिमिल्सिनाको आग्रह गरे । पोखराको पुरानो टुँडीखेल खेल मैदान पछिल्ला वर्षहरुमा अतिक्रमण भएको चिन्ता व्यक्त गर्दै उनले तीनै तहका सरकारहरुले सार्वजनिक सम्पतिको संरक्षणको योजना बनाउनुपर्ने बताए ।

सांसद दुर्गा विकले विगतमा अधिकारका लागि विभिन्न माध्यमबाट सङ्घर्ष गरे पनि अहिलेको अवस्थामा महिलाहरु उत्पीडनमा पर्ने अवस्था नरहेको बताउँदै संविधानमा उल्लेख गरिएका हक अधिकारको कार्यान्वयन गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्यहरु रामजीप्रसाद बराल, विन्दुकुमार थापा, गायत्री गुरुङ, अन्नपूर्ण गाउँपालिका प्रमुख युवराज कुँवर, पोखरा–१ का वडाध्यक्ष शारदा पराजुली, मेलाको मुख्य प्रायोजक सिजी फुड्सका सुरेन्द्र खनाललगायतले तीज पर्वका अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा गायिका बाबा राणालाई गायनका माध्यमबाट समाज र देशको विकासमा योगदान गरेकोमा सम्मान गरिएको थियो । त्यसैगरी शिक्षासेवी बलराम पराजुलीलाई मरणोपरान्त सम्मान गरिएको थियो । लोपोन्मुख संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा आमा समूहस्तरीय खुला तीज गीत, छेलो, टपरी गाँस्नेलगायतका प्रतियोगिता समावेश गरिएको र आगामी भदौ १७ गतेसम्म मेला सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए । रासस