२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन विभाग मातहतका अभिलेख प्रदेशलाई

अ+ अ-

काठमाडौं । पर्यटन विभागले सातै प्रदेशका पर्यटन व्यवसायको अभिलेख औपचारिक रुपमा हस्तान्तरण गरेको छ । मङ्गलबार एक कार्यक्रमको आयोजना गरी विभागले सबै प्रदेश मातहत रहेका २२ हजार ३६४ व्यवसाय हस्तान्तरण गरको हो । विभागका महानिर्देशक डण्डुराज घिमिरेले सम्बन्धित प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिवलाई अभिलेख हस्तान्तरण गर्नुभएको हो । विभागमा हुँदै आएको कार्य आगामी असोज १ गतेदेखि सम्बन्धित प्रदेश कार्यालयबाट हुनेछ ।

विभागअन्तर्गत रहेका पर्यटकस्तरीय ३६१ होटल, ९२ घरवास, ८५ र्‍याफ्टिङ एजेन्सी, तीन हजार २६२ ट्राभल एजेन्सी, दुई हजार ४१७ ट्रेकिङ  एजेन्सी, २१४ रिभरगाइड, १७२ ट्रेकिङ  पोटर गाइड, ७९ पर्यटन यातायात सेवा, १२ हजार ९८१ ट्रेकिङ गाइड र दुई हजार ७०१ टुरिष्ट गाइडको अभिलेख सातै प्रदेश तहमा हस्तान्तरण गरिएको हो ।

नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तहका लागि छुट्याएको अधिकार क्षेत्रभित्रै रहेर साविकमा विभागले गर्दै आएका काम प्रदेश सरकारलाई हस्तान्तरण गरिएको महानिर्देशक घिमिरेले जानकारी दिए। विभागअन्तर्गत रहेका सात पर्यटन कार्यालयलाई प्रदेशमा हस्तान्तरण गरेको छ । जसमध्ये काकडभिट्टा (झापा), नाम्चे (सोलुखुम्बु), जनकपुर (धनुषा), वीरगञ्ज (पर्सा), भैरहवा (रुपन्देही), पोखरा (कास्की) र कोहलपुर (बाँके) मार्फत भएका कार्य तथा अभिलेखसमेत सम्बन्धित प्रदेशको पर्यटन मन्त्रालयमा हस्तान्तरण भइसकेको जनाएको छ ।

यसअघि पर्यटन विभागबाट हुँदै आएको ट्राभल एजेन्सी इजाजतपत्र जारी तथा नवीकरण, टे«किङ एजेन्सी इजाजतपत्र जारी तथा नवीकरण, पर्यटक यातायात सेवा व्यवसाय इजाजतपत्र जारी तथा नवीकरण, र्‍याफ्टिङ एजेन्सी इजाजतपत्र जारी तथा नवीकरण, पर्यटकस्तरीय होटलको इजाजतपत्र जारी तथा नवीकरण, घरवासकोे इजाजतपत्र जारी तथा नवीकरण र टेरगाइड, ट्रेकिङ गाइड, पोटर गाइड, रिभर गाइडको इजाजतपत्र जारी तथा नवीकरणलगायतका काम प्रदेशमा हुनेछन् ।

पर्वतारोहणको अनुमति, ठूला होटल, रिसोर्ट तथा क्यासिनोको दर्ता, नवीकरणलगायतको काम भने विभागले नै गर्नेछ । त्यस्तै विभागले आगामी दिनमा स्थानीय तथा प्रदेश सरकारलाई आवश्यक पर्ने सहयोग र नीतिगत काम र नियमनमा बढी ध्यान केन्द्रित गर्नेछ । रासस