२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलवायु परिवर्तनका असरसँग जुध्न राष्ट्रिय अनुकूलन योजना

अ+ अ-

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनले निम्त्याएको सङ्कटापन्नताका असर न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय अनुकूलन योजना तर्जुमा प्रक्रिया अघि बढाएको छ ।

योजनाअनुसार अनुकूलन क्षमता र समानुकूलित विकासको माध्यमबाट जलवायु संंवेदनशील क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएको असर न्यूनीकरण गर्नेछ । मन्त्रालयले आज सरोकारवाला निकायका विज्ञसहितको राष्ट्रिय अनुकूलन योजना तर्जुमाका लागि क्षमता विकास कार्यक्रम कार्यशालाको आयोजना गरेको हो । यस अघि सबै प्रदेशमा सो सम्बन्धमा सरोकारवालासँग छलफल गरी सुझाव लिइएको थियो ।

कार्यशालाको उद्घाटनमा वन मन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका असरबाट सिर्जित समस्या समाधानमा उक्त योजनाले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्दै यसले जनताका वर्तमान आवश्यकतालाई समेत सम्बोधन गर्ने बताए । नेपाल जस्तो विशिष्ट हावापानी भएको मुलुकका लागि अनुकूलन कार्यक्रम निकै महत्वपूर्ण हुने बताउँदै उनले यसको कार्यान्वयनमा सरकारी निकायका साथै गैरसरकारी संघसंस्था र नागरिक समाजको भूमिका आवश्यक पर्ने उल्लेख गरे ।

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले योजना तर्जुमासँगै प्रभावकारी कार्यान्वयनका लागि पनि विशेष व्यवस्था गर्ने बताउँदै यसमा प्राकृतिक विपद् विषयलाई पनि समेट्न सुझाव दिए । राष्ट्रिय योेजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले मानवीय क्रियाकलापका कारण नै जमिन र वायुमण्डल प्रदूषित हुन पुगेको सन्दर्भमा अनुकूलन कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै यसमा सबै व्यक्तिको योगदान अवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य घनश्याम खतिवडा, वन मन्त्रालयका सचिव डा.विश्वनाथ ओली, संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमका कार्य निर्देशक अलेक्जेण्डर फोब्र्स, मन्त्रालयका सहसचिव डा.महेश्वर ढकाल, संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमका आयोजना संयोजक ज्ञानेन्द्र कार्कीलगायतले अनुकूलन योजना तर्जुमा सम्बन्धमा जानकारी र सुझाव दिएका थिए ।

जलवायु परिर्वतनका वास्तविक वा अपेक्षित असरसँग समायोजन हुने प्रक्रियालाई अनुकूलन भनिन्छ । सामान्यतया परिवर्तित जलवायुमा आफ्नो र समुदायको जीवनयापन सहज र सुलभ बनाउन त्यहीअनुसार गरिने विभिन्न क्रियाकलाप तथा कार्यक्रमहरु नै अनुकूलन हो ।

नेपालले विसं २०६६ भदौ महिनामा राष्ट्रिय अनुकूलन कार्यक्रम (नापा) तयार गरेको थियो । नापामा कूल नौ वटा प्राथमिकताका तत्काल गरिनु पर्ने अनुकूलनका कार्यक्रमहरु रहेका छन् । हाल देशमा जलवायु अनुकूलन र समानूकूलन सम्बन्धी कार्यहरु कार्यन्वयनमा आएका छन भने केही कार्यक्रमहरु स्थानीय अनुकूलन कार्ययोजना (लापा)को संरचनाबमोजिम कार्यान्वयनमा रहेका छन् ।

कार्यक्रममा विज्ञहरुले अनुकूलनसम्बन्धी विभिन्न चार विषयमा प्रस्तुती दिएको थियो भने विभिन्न आठ समूह बनाई सहभागीले आफ्ना भोगाइ र अनुभव आदानप्रदान गर्दै योजना तर्जुमाका लागि सुझाव दिएका थिए ।

जलवायु अनुकूलन किन ?

कुल ८० करोड जनसङ्ख्या (विश्वको ११ प्रतिशत जनसङ्ख्या) वर्तमानमा जलवायु परिवर्तनका असर तथा विषम मौसमी घटनाबाट सङ्कटापन्न अवस्थामा रहेका छन् । यदि जलवायु परिवर्तनका लागि ठोस कदमहरु लिइएन भने सन २०३० मा १० करोड जनसङ्ख्या गरीबीको चपेटामा पर्ने आकलन गरिएको छ । त्यस्तै अहिलेको उत्सर्जनको प्रक्रिया अनुसार आईपिसिसीले विश्वको तापक्रम सन् २०५० सम्म औसतमा दुई डिग्रीले बढ्ने अनुमान गरेको छ जसबाट करीब ९५ प्रतिशत कोरल (समुन्द्रको पिँधमा रहेका जैविक प्रणाली) नष्ट हुनेछन् ।

जलवायु परिवर्तनको चुनौती बढ्दै गएकोले नेपालजस्ता हरितगृह ग्यास नगन्य उत्सर्जन गर्ने मुलुकले अनुकूलन कार्यमा जोड दिनुपर्ने देखिन्छ । यस योजनाले जलवायु अनुकूलनका लागि संस्थागत र व्यक्तिगत क्षमता विकास गर्न र विकास कार्यलाई समानुकूलित बनाउन सहयोग गर्ने, जलवायु अनुकूलन कार्यलाई क्षेत्रगत विकास प्रक्रियामा समायोजन गरी अनुकूलन र समानुकूलनमा क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ ।

त्यस्तै जलवायु अनुकूलनलाई विकास प्रक्रियामा आन्तरिकीकरण तथा समायोजन गर्न सजिलो हुने, विकास कार्यबाट प्राप्त उपलब्धीलाई दिगो बनाउन सहयोग पुुग्ने, जलवायु परिवर्तनबाट हुनसक्ने जोखिमलाई न्यून गरी भावी योजनालाई जलवायु–मैत्री बनाउन सहयोग पुग्ने, जलवायु अनुकूलनका कार्यको कार्यान्वयनमा निरन्तरता हुने र समष्टिमा जलवायु सङ्कटापन्नता घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमले एशियाका नेपाल, पाकिस्तान, मङ्गोलिया र लाओस अनुकूलन योजना बनाउन सहयोग गरिरहेको छ । विश्वमा हालसम्म १३ देशले यस्ता योजना बनाइसकेका छन् भने दक्षिण एशियाबाट श्रीलङ्काले अनुकूलन योजना बनाइसकेको छ ।