सेयर बजारमा चार अंकको सुधार « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सेयर बजारमा चार अंकको सुधार


१० भाद्र २०७६, मंगलबार


काठमाडौं । साताको तेस्रो दिन (मंगलबार) सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचकमा चार अंकको सुधार आएको छ ।

आज नेप्से ४.८७ अंकले बढेर १ हजार २ सय ८ अंकमा पुगेको हो । नेप्से बढेको दिन सेन्सिटिभ इन्डेक्स्ट पनि १.०३ अंकले बढेर २ सय ६३.३९ अंकमा पुगेको छ ।

बजारमा १ सय ६७ कम्पनीका ८ लाख ५० हजार ३ सय ८६ कित्ता सेयर २४ करोड ४६ लाख ६८ हजार २ सय ९ रुपैयाँमा कारोबार भए । कारोबारमा आएका ११ वटा समूहगत उपसुचकमध्य होटल र निर्जीवन बिमा समूह ओरालो लागे भने बाँकी सबै समूह उकालो लागे । आज लाइफ इन्स्योरेन्स समूह सर्वाधिक १५.३ अंकले उकालो लागेको हो ।

मंगलबार बजारमा एनआईशी एशिया बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर २ करोड ३६ लाख २८ हजार १ रुपैयाँमा कारोबार भएको हो ।

सेयर बजार बढेको दिन सबैको लघुवित्त वित्तीय संस्थानका लगानीकर्ताले सर्वाधिक कमाए । कम्पनीको सेयर ९.९४ प्रतिशतले बढेको हो । त्यसैगरी, सिटी एक्सप्रेसका लगानीकर्ताले सर्वाधिक ६.८९ प्रतिशत सेयर मूल्य गुमाए ।

Tags :
प्रतिक्रिया दिनुहोस