२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१० वर्षभित्र सबै विद्यालय सुरक्षित बनाउने प्रतिबद्धता

अ+ अ-

सुर्खेत । स्थानीय सरकारको सहयोगमा बृहत् विद्यालय सुरक्षा कार्यविधि कार्यान्वयन गरी १० वर्षभित्र सबै विद्यालय सुरक्षित बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् ।

दुई दिने ‘बृहत् विद्यालय सुरक्षासम्बन्धी विद्यार्थी मैत्री भेला’ मा सरोकारवालाले भूकम्पीयलगायतका सबै प्रकारका जोखिम न्यूनीकरण गर्न सुरक्षित विद्यालय निर्माणलाई जोड दिएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा वीरेन्द्रनगरमा सम्पन्न भेलाले बृहत् विद्यालय सुरक्षा क्लब गठन गर्ने प्रतिबद्धता गरेको छ । भेलाले विपद् जोखिम व्यवस्थापनसम्बन्धी व्यावहारिक पाठ्यक्रम र पाठ्ययपुस्तक निर्माण गर्ने, तीनवटै तहका सरकारलाई भूकम्प प्रविधिमैत्री विद्यालय निर्माण गर्ने कार्यलाई प्राथमिकतामा राख्न दबाब दिने र विद्यालय सुरक्षा कार्ययोजना अनिवार्य लागू गर्नेलगायतका प्रतिबद्धता जनाइएको छ ।

भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट)का कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले विद्यालयलाई सबै खाले जोखिमबाट सुरक्षित बनाउन विद्यालयको बीचमा ज्ञान अनुभवको आदानप्रदान गर्ने, सुरक्षित विद्यालयका बारेमा विद्यमान नीति–नियम, निर्देशन, कार्यविधिका सम्बन्धमा छलफल गर्ने उद्देश्यले भेला उपयोगी रहेको बताए ।

जापानको कोवे शहरस्थित माइको हाइस्कूलका १४ शिक्षक÷विद्यार्थीसहित नेपालका कर्णाली र प्रदेश ५ का १९ जिल्लाका २८ वटा विद्यालयबाट गरी ८५ जनाको सहभागिता थियो । त्यस्तै, विभिन्न सङ्घ–संस्थाबाट ४० जना विज्ञको भेलामा प्रतिनिधित्व रहेको थियो ।

प्रतिक्रिया दिनुहोस