२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केराखेतीमा थोपा सिँचाइ

अ+ अ-

कञ्चनपुर । व्यावसायिक केराखेतीको लगात खर्च घटाई बढी आम्दानी लिन बेलौरी नगरपालिका–८ कलकत्ताका करमसिंह रानाले केराबारीमा थोपा सिँचाइ प्रणाली जडान गरेका छन् । खेतमा रोपिएका केराका बोटसम्म सहजरूपमा सिँचाइ र मल पुर्‍याउन थोपा सिँचाइ प्रणाली जडान गरिएको हो ।

“बोरिङबाट सिँचाइ गर्दा अधिक पानीको प्रयोग हुँदा चाहिनेभन्दा बढी पानी खर्च हुन्थ्यो”, रानाले भने, “एक बिघामा रोपिएको केराखेतीमा थोपा सिँचाइ जडान गरेपछि थोरै पानीले सिँचाइ गर्न सकिएको छ ।” थोपा सिँचाइका लागि राखिएको प्लाष्टिकको ड्रममा मलसमेत राखेर सिँचाइसँगै चाहिने मात्रामा मलसमेत आपूर्ति गर्न सकिने व्यवस्था गरिएको छ । रोपिएका केराका प्रत्येक बिरुवामा पाइपमार्फत सिँचाइका लागि पानी पुर्‍याउने व्यवस्था गरिएको छ ।

सो नगरपालिका क्षेत्रमा थोपा सिँचाइ प्रणालीमार्फत केराखेती यो नै पहिलो हो । थोपा सिँचाइका लागि नगरपालिको कृषि विकास शाखाको रु एक लाख ५० हजार अनुदान र किसानको रु एक लाख ५५ हजार ८२ गरी रु तीन लाख पाँच हजार ८२ लगानी गरिएको छ । थोपा सिँचाइ प्रविधिको प्रयोग गरी केराखेती गर्दा सिँचाइ र मलखादलाई सिस्टमबाटै दिन सकिने भएकाले पटक–पटक लाग्ने खर्चबाट किसान जोगिन गई उत्पादनमा वृद्धि हुने कृषि विकास शाखाका प्राविधिक सहायक हरिश सेटीले बताए ।

राना यस क्षेत्रकै व्यावसायिक केराखेतीमा सफल किसान हुनुहुन्छ । उनले एक बिघा खेतमा रोपिएका केरामा थोपा सिँचाइ प्रणाली जडान गरेका छन् । अन्य चार बिघा जग्गा भाडामा लिएर केराखेतीलाई व्यावसायिकरूपमा अँगाल्दै आएका छन्। एक बिघा जग्गामा भर्खरै केरा रोपिएकाले बोटहरु हुर्कदै गएका छन् । चार बिघा जग्गामा लगाइएको केरा बजारमा बिक्री गर्न शुरु गरेका छन् ।

यस वर्षको हालसम्म रु आठ लाख बढीका केरा उनले बिक्री गरिसक्नुभएको छ । “वर्षमा रु २० लाखदेखि २५ लाखसम्मका केरा बिक्री हुने गरेका छन्”, रानाले भने, “वार्षिकरूपमा ज्यामी, मलखाद, बिरुवा खरीद, बिरुवा रोप्ने, सिँचाइ गर्नेलगायतको सबै रकम कटाई रु छ लाख जति रकम बचत हुने गरेको छ ।” केरा खेतबाटै बिक्री हुने गरेका छन् । डडेल्धुरा, अत्तरिया, भीमदत्तनगर, धनगढीलगायत क्षेत्रका व्यापारीले ढुवानीका साधनसहित केराबारीमै पुगेर खरीद गरेर लैजाने गरेका छन् । रानाले बढी प्रतिफल दिने जीनौ जातको केराखेती गरेका छन् ।