म्याच फिक्सिंग आरोपमा हङकङका दुई क्रिकेटरलाई आजिवन प्रतिबन्ध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

म्याच फिक्सिंग आरोपमा हङकङका दुई क्रिकेटरलाई आजिवन प्रतिबन्ध


१० भाद्र २०७६, मंगलबार


एजेन्सी । हङकङका दुई क्रिकेटरलाई अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आजिवन प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

परिषदले राष्ट्रिय टिमका सदस्य समेत रहेका इरफान अहमद र नदीम अहमदलाई म्याच फिक्सिंङको आरोपमा आजीवन प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

त्यस्तै अर्का क्रिकेटर हसिब अमजदलाई ५ वर्षे प्रतिबन्ध लगाएको छ।

इरफानलाई आईसीसीको एन्टी करप्सन कोड अन्तर्गत ९ वटा आरोपमा दोषी प्रमाणित गरेको छ।

त्यस्तै नदिम र अमजदलाई ३ आरोपमा दोषी भएको जनाएको छ।

आईसीसीले जारि गरेको प्रेस विज्ञप्तिमा लामो र जटिल अनुसन्धान पछि क्रिकेटरहरुले गरेको कर्तुत बाहिर ल्याएको जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस