अस्मिताको बयान सकियो, रवि र युवराजको बयान भोलि « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अस्मिताको बयान सकियो, रवि र युवराजको बयान भोलि


८ भाद्र २०७६, आइतबार


काठमाडौं । पत्रकार शालिकराम पुडाशैनी आत्महत्या प्रकरणमा जोडिएका तीन जना मध्ये एक जना अस्मिता कार्कीको बयान सकिएको छ ।

जिल्ला अदालत चितवनमा पुडासैनी हत्या प्रकरणमा जोडिएका अभियुक्तहरु मध्ये आइतबार अस्मिताको मात्र बयान सकिएको हो । सरकारी वकिलको कार्यालय चितवनले सो प्रकरणमा पत्रकार रवि लामिछाने, युवराज कँडेल र कार्कीलाई प्रतिवादी बनाउँदै रिट दायर गरेको थियो ।

अभियुक्तहरु लामिछाने र कँडेलको बयान सोमबार हुने जिल्ला अदालत चितवनले जनाएको छ । न्यायाधीश हेमन्त रावलको इजलासमा आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै दायर रिटमा बयान लिइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस