सभासदको पाकेट मार्ने १ जना पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सभासदको पाकेट मार्ने १ जना पक्राउ


८ भाद्र २०७६, आइतबार


काठमाडौं । राजधानीको व्यस्त बजार न्यूरोडमा सांसद भावना सुवेदीलाई लुटेको घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंको मैतीदेवी बस्ने १९ वर्षीय निश्चल थिङ छन् । उनलाई महानगरीय प्रहरी वृत्त, जनसेवाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी कृष्ण चन्दका अनुसार, सीसी टीभी फुटेजको विश्लेषणका आधारमा उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।

यसअघि २६ साउनमा न्यूरोडमा सुवेदीको झोलाबाट अपरिचित व्यक्तिले पर्स र त्यसमा रहेको ७ हजार तीन सय रुपैयाँसहित परिचय पत्र ATM कार्ड, लगायत अन्य महत्वपूर्ण कागजातहरु लुटिएको थियो । यस सम्बन्धमा प्रहरीले नियन्त्रणमा लिई वृत्त जनसेवावाट अनुसन्धान भईरहेको ।

Tags :
प्रतिक्रिया दिनुहोस