काठमाडौं । त्रिभुवन विमानस्थलमा जहाजभित्रै चोरी गरेको आरोपमा दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
बुधबार टर्किस एयरलाइन्सबाट बुधबार काठमाडौं आएका राहदानी नं. इजी ६८४२७२२ बाहक क्यूआई म र राहदानी नम्बर इजी ५७४२५२३ बाहक सिन्जोङ हु पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार टर्किस एयरलाइन्सबाट काठमाडौं आएका उनीहरुले जहाजभित्रै डेनमार्कका नागरिकको सुन र नगद चोरी गरेको हो ।
शनिबार बिहान टर्किस एयरलाइन्सबाट स्तानबुल जान लागेका बेला उनीहरुलाई चोरी भएको सुनको बाला दुई वटा र विभिन्न देशका मुद्रासहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
घटनाको विषयमा महागनरीय प्रहरी वृत्त, गौशालाले विस्तृत अनुसन्धान गरिरहेको जनाइएको छ ।







