२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकामा पनि मनाइयो ‘गौरा’

अ+ अ-

काठमाडौं । अमेरिकाको विस्कान्सन क्षेत्रमा रहेका सुदूरपश्चिमेली महिलाले धुमधामसँग गौरा पर्व मनाएका छन् ।

त्यहाँका महिलाले बिहीबार विधिपूर्वक गौरा पूजा गरेका हुन् ।

विस्कान्सन गौरा समाजले पूजा आयोजना गरेको हो । पूजामा १० महिला सहभागी भएको समाजले जनाएको छ ।

पौराणिक कालमा देवी पार्वती अर्थात् गौरा माताले भगवान शिवको नित्य आराधना गरी पतिका रूपमा पाएको मान्यता छ । यसै मान्यतामा गौरा पर्व मनाइन थालिएको हो । यो पर्व भदौ कृष्ण पञ्चमीदेखि अष्टमीसम्म मनाइन्छ । गौरा पूजा गरे पति दीर्घायु हुने र परिवारमा समृद्धि छाउने मान्यता छ ।

गौरा पर्व खासगरी नेपालको सुदूरपश्चिम र भारतको कुमाउलगायत क्षेत्रमा मनाइन्छ ।

यसैबीच, विस्कान्सन गौरा समाजले विस्कान्सन क्षेत्रबाट एनआरएनमा प्रतिनिधित्व गर्नेहरूलाई सम्मान गरेको छ । समाजले नवनिर्वाचित एनआरएनए अमेरिका उपाध्यक्ष बुद्दिसागर सुवेदी, बोर्ड अफ डाइरेक्टर बासुदेव अधिकारी, बोर्ड अफ डाइरेक्टर तिलक केसीका साथै विस्कनसिन च्याप्टरका सभापति टुकप्रसाद रेग्मी, उपसभापति दीपक थापा, सचिव गोविन्द फुलारा, कोषाध्यक्ष हरिबहादुर अधिकारी, महिला संयोजक संगिता वाग्लेलाई खादा ओढाएर सम्मान गरेको थियो ।

सम्मान कार्यक्रम समाजका अध्यक्ष बासुदेव जोशीको अध्यक्षता र एनआरएन अमेरिकाका मध्यपश्चिम क्षेत्रीय उपाध्यक्ष बुद्धिसागर सुवेदीको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रममा शोभा शर्मा अधिकारीले स्वागत मनतव्य गर्नुभएको थियो भने कार्यक्रम संचालन अनिलप्रसाद बिष्टले गर्नुभएको थियो।

कार्यक्रममा गायक जगदीश समालले प्रस्तुति समेत दिएका थिए ।