धर्म परिवर्तन संविधानविपरीत छः नेता थापा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

धर्म परिवर्तन संविधानविपरीत छः नेता थापा


६ भाद्र २०७६, शुक्रबार


कावासोती । नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले धर्म परिवर्तन गर्नु संविधानविपरीतको कार्य भएको बताएका छन् ।

नवलपरासी पूर्व नवलपुरको दुम्किवासमा नेपाल विद्यार्थी संघले आज आयोजना गरेको एसईइ उत्तीर्ण विद्यार्थिको सम्मान कार्यक्रममा उनले कुनै पनि प्रकारबाट गरिने धर्म परिवर्तन मान्य नहुने बताए ।

‘धर्म परिवर्तन गराउनु अपराध हो, यो रोकिनुपर्छ’, उनले भने । धर्म कुन मान्ने नागरिकको आफ्नो व्यक्तिगत अधिकार भए पनि कसैलाई जबरर्जस्ती धर्म परिवर्तन गराउन नहुने नेता थापाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस