घुससहित सहायक वन अधिकृत पक्राउ - प्रशासन प्रशासन
prasaLogo
६ भाद्र २०७६, शुक्रबार

घुससहित सहायक वन अधिकृत पक्राउ


प्रकाशित मिति : 23 August, 2019 7:37 pm

अख्तियार

काठमाडौँ । बाँसगढी सव डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत अनिल कुमार गुप्ता पक्राउ परेका छन् ।

उपभोक्ता समितिको काठमिलमा चिरान सिफारिस गरेवाफत घुस मागेका गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १० हजार घुससहित पक्राउ गरेको हो ।

गुप्तालाई घुस लिईसकेको अवस्थामा बाँसगढी नगरपालिका ७, देउडाकला बर्दियाबाट नियन्त्रणमा लिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस