नक्कली भारतीय रुपैयाँ सहित २ जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नक्कली भारतीय रुपैयाँ सहित २ जना पक्राउ


६ भाद्र २०७६, शुक्रबार


pakrau

पर्सा । वीरगंज महानगरपालिका १६ ईदगाहा चोकबाट २ हजार दरको नक्कली भारतीय रुपैयाँ ९५ थान सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-२ बस्ने ४८ वर्षीय जमिल अकतर र बहुदरमाई नगरपालिका-२ बस्ने ३४ वर्षीय दिलिप कुमार साह रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस