कर्मचारीलाई सरकारी खर्चमा एक हप्ते भ्रमण बिदा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्मचारीलाई सरकारी खर्चमा एक हप्ते भ्रमण बिदा


६ भाद्र २०७६, शुक्रबार


काठमाडौँ । गण्डकी प्रदेश सरकारले कर्मचारीले सरकारी खर्चमा नै एक हप्ता घुम्न पाउने भएका छन् ।

बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले ‘बिदा पर्यटन कार्यविधि २०७६’ स्वीकृत गरेसँगै कर्मचारीले सरकारी खर्चमा साताव्यापी भ्रमण गर्न पाउने भएका हुन् ।

यसरी घुम्न जाने कर्मचारीले प्रदेशअन्तर्गतका महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको भ्रमण गर्नु पर्ने छ भने स्थानीय होमस्टेमा बास बास बस्नु पर्ने छ ।

सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, २०२० लाई छिमेकी मुलुक पर्यटन वर्ष र २०२२ लाई बृहत् अन्तराष्ट्रियस्तरको पोखरा पर्यटन वर्ष मनाउँदै २० लाख पर्यटक भित्र्याउने लक्ष लिएको सरकारले प्रचारप्रसारको लागि कर्मचारीलाई भ्रमणमा पठाउन लागेको हो । ।

मुख्यमन्त्री कार्यालयबाट सञ्चालन हुने गरी आन्तरिक पर्यटन वर्षलाई टेवा दिन कर्मचारी भ्रमणको व्यवस्था गरिएको हो ।

प्रतिक्रिया दिनुहोस