२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जग्गा हिनामिनासम्बन्धि उजुरी प्रशासन कार्यालयमा दिन सकिने

अ+ अ-

काठमाडौं । सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले जग्गा हिनामिनासम्बन्धी उजुरी तथा सूचना जिल्ला प्रशासन कार्यालयमा पनि दिन सकिने व्यवस्था गर्न लागेको छ ।

काठमाडौँसम्म आएर उजुरी गर्न तथा सूचना दिन सर्वसाधारणलाई असुविधा हुन सक्ने महसुस गरेर आयोगले केही दिनभित्रै सूचनामार्फत जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्ने व्यवस्था गर्न लागेको आयोगका अध्यक्ष मोहनरमण भट्टराईले जानकारी दिए । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणसम्बन्धी छानबिन शुरु भएपछि शारदाप्रसाद त्रिताल आयोगले प्रतिवेदनमा दिएका सुझावलाई सरकारले गम्भीरतापूर्वक लिएर वर्तमान जाँचबुझ आयोग गठन गरेको हो ।

गत जेठ १५ गतेदेखि कार्यालय स्थापना गरी कहाँ, के कति जग्गा हिनामिना भएको छ भन्ने विषयमा सूचनामार्फत जानकारी माग गरेको हालसम्म आयोगमा १०० भन्दा बढी उजुरी प्राप्त भएका र त्यसउपर छानबिन भइरहेको जानकारी दिइएको छ ।

सरकारी, सार्वजनिक र गुठीका जग्गा जमीन धैरै हिनामिनाको स्थितिमा देशलाई राखिनु नहुने भनेर आयोगले इमान्दार प्रयासले खोजबिनको कार्य गरिहेको अध्यक्ष भट्टराईले बताए ।

सरकारी, सार्वजनिक तथा गुठी जग्गा हिनामिनाका सम्बन्धमा वास्तविक सूचना उपलब्ध गराएर सहयोग पुर्‍याउन आयोगले सबै तह र तप्काका आम नागरिकसँग आग्रह गरेको छ । आयोगले भनेको छ, ‘सरकारी, सार्वजनिक र गुठीका जग्गा कसैले पनि तलमाथि गर्न हुँदैन, जग्गा प्रशासनको विषय स्वस्थ्य र न्यायपूर्व बन्नुपर्छ भन्नेमा आयोग दृढ छ, सबैले आ–आफ्नो ठाउँबाट कर्तव्य र दायित्व पूरा गरिदिएको भए यो समस्या आउने थिएन ।’

सरकारी, सार्वजनिक र गुठी जग्गा हिनामिनाको जिम्मेवार भनेको सीमाभित्र बस्न नरुचाउने प्रवृत्ति जिम्मेवार रहेकाले अध्यक्ष भट्टराईले केही मान्छेको दूषित मनसायले यसलाई मलजल गर्न सहयोग पुर्‍याएको धारणा व्यक्त गरे । पछिल्लो समय सार्वजनिक जग्गा संरक्षण गर्नुपर्छ भन्ने समाजमा चेतना बढेका कारण त्यस्ता जग्गा हडप्न खोज्ने कानूनी दायरामा आउने क्रम बढेको छ ।