मुख्यमन्त्रीद्वारा साइकल वितरण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मुख्यमन्त्रीद्वारा साइकल वितरण


५ भाद्र २०७६, बिहिबार


धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक रुपान्तरणका लागि नारी सशक्तीकरण आवश्यक रहेको बताएका छन् ।

मुख्यमन्त्री ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत धनुषाको बटेश्वर गाउँपालिकास्थित शिवशक्ति नमूना माविमा आज आयोजित साइकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले समग्र विकासको मूल आधार नारी सशक्तीकरण रहेको बताए ।

उनले भने, ‘प्रदेशको समृद्धिका लागि सामाजिक रुपान्तरण र सामाजिक रुपान्तरणका लागि नारी सशक्तीकरण आवश्यक रहेकाले नै प्रदेश सरकारले बेटी पढाऊ बेटी बचाऊ कार्यक्रमअन्तर्गत छोरी शिक्षा बीमा, साइकल वितरण जस्ता कार्यक्रमहरु अघि सारेको छ ।’

प्रदेश सरकारले छोरीहरुलाई शिक्षित मात्र नभई रोजगारी दिने ग्यारेन्टीसमेत गरेको उनको कथन थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य शत्रुधन महतो, समाजवादी पार्टीका नेता महाजन यादव, बटेश्वर गापाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीसहितका वक्ताहरुले कार्यक्रमको प्रशंसा गर्दै सरकारको अभियानमा हातेमालो गर्ने प्रतिबद्धता जनाए ।

उक्त विद्यालयका कक्षा ८ मा अध्ययनरत ९५ जना छात्रालाई मुख्यमन्त्री राउतले साइकल हस्तान्तरण गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस