करेन्ट लागेर पर्सामा एकजनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

करेन्ट लागेर पर्सामा एकजनाको मृत्यु


५ भाद्र २०७६, बिहिबार


वीरगञ्ज । पर्साको जगरनाथपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । जगरनाथपुर गाउँपालिका–१ पाण्डेपुरका ३५ वर्षीय असरफ राउत गद्दीको मृत्यु भएको हो ।

विद्युतीय मोटर चलाएर खाट धुने क्रममा तार सर्ट भइ उनलाई करेन्ट लागेको थियो । घाइते भएका राउतको उपचारका क्रममा नारायणी अस्पताल वीरगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीका अनुसार पोष्टमार्टमपछि शव आफन्तले बुझेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस