राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट


५ भाद्र २०७६, बिहिबार


काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति भण्डारी र जयशंकरबीच भेटवार्ता भएको हो । राष्ट्रपतिसँग भेटवार्ताका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीसहितको टोली शीतलनिवास पुगेका थिए ।

भेटमा द्विपक्षीय हितलगायत विषयमा छलफल भएको शीतल जनाइएको छ ।

जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका थिए । उनले बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

राष्ट्रपति भण्डारीलाई भेट्नुअघि जयशंकरले पशुपतिमा पूजाआजा गरेका थिए । उनी आजै स्वदेश फर्कने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस