अछाममा जीप दुर्घटना, तीनजनाको मृत्यु, « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अछाममा जीप दुर्घटना, तीनजनाको मृत्यु,


५ भाद्र २०७६, बिहिबार


अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

मृतयु हुनेमा बान्नीगढी जयगढ गाउँपालिका–४ का अशोक परियारसोही ठाउँका काले परियार र बैतडी घर भइ हाल अछाममा सवारी चालकको काम गर्दै आएका लाल बोहरा भएको प्रहरीले जनाएको छ।

मुजाबगरबाट जयगढ आउँदै गरेको से १ ज ९९५ नम्बरको जिप जयगढ माझेठाना सडक खण्डअन्तर्गत सुकिबाग डिल्ली बजार नजिक बुधबार साँझ सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा बान्नीगढी जयगढ गाउँपालिका–४ का तर्क तिमिल्सेना, कैलाली घोडाघोडी नगरपालिकाका सवारी चालक जँङिर चौधरी, कैलालीको धनगढी उपमहानगरपालिकाका घनश्याम चौधरी रहेका छन्।

उनीहरूको बयालपाटा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस