कार्यालय सहयोगी र जग्गा कारोबारी घुससहित पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कार्यालय सहयोगी र जग्गा कारोबारी घुससहित पक्राउ


४ भाद्र २०७६, बुधबार


काठमाडौँ । मालपोत कार्यालय मनमैजु काठमाडौंमा कार्यरत कार्यालय सहयोगी (पाँचौ तह) कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर के.सी. घुससहित पक्राउ परेका छन् ।

बित्तिय संस्थाहरूबाट ऋण दिने प्रयोजनको लागि जग्गा रोक्का राख्न सहज गरिदिने भनि घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले दुबैजनालाई ३५ हजार घुससहित पक्राउ गरेको हो ।

घुस रकमलिई कार्यालय परिसरमा जादै गरेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान भईरहेको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस