रवि पत्नी निकिताको उजुरी प्रहरीले दर्ता गरेन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

रवि पत्नी निकिताको उजुरी प्रहरीले दर्ता गरेन


४ भाद्र २०७६, बुधबार


काठमाडौं ।  टेलिभिजन प्रस्तोता रवि लामिछानेकी पत्नी निकिता पौडेलले दिएको उजुरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ।

निकिताले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्षसमेत रहेका जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरूद्ध जाहेरी दिन खोजेको बताइएको छ ।

उनले पत्रकार पुडाशैनी आत्महत्या प्रकरणमा प्रहरीले छानविन गरिरहेको बेला आत्महत्यासम्बन्धी भिडियो किर्ते गरि सार्वजनिक गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन पुगेकी थिइन् । तर परिसरले उक्त केस आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भन्दै जाहेरी दर्ता गर्न नमानी उनलाई चितवन जान सुझाएका छन् ।

पुडासैनी मृत्यु प्रकरणमा लामिछानेसहित तीन जनाविरुद्ध चितवन प्रहरीले आत्महत्या दुरूत्साहन मुद्दामा अनुसन्धान गरिरहेको छ । पत्रकार पुडासैनी साउन २० गते नारायणगढ वसपार्कस्थित एक होटलमा मृत फेला परेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस