जब कार्यालय पसिसरभित्रै चुरोटमा चरेश भर्दै थिए कर्मचारी… « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जब कार्यालय पसिसरभित्रै चुरोटमा चरेश भर्दै थिए कर्मचारी…


४ भाद्र २०७६, बुधबार


काठमाडौँ । स्वास्थ्य सेवा विभाग परिसरमा नै डेंगु फेला परेको खबर पछि प्रशासन टिम टेकुतर्फ लाग्यो । कार्यालय भित्र तथा बाहिर जताततै थुपारिएको फोहोर र पानी जमेका खाल्डाखुल्डी खिच्दै जाने क्रममा विभागसँगै रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको पछाडि पट्टि एउटा अनौठो दृश्य देखियो, चुरोटको खिल्लीमा चरेश भर्दै थिए एक युवा ।

सरकारी कार्यालय, त्यो पनि कार्यालय समयमै प्रतिबन्धित लागू औषध चरेश भरिरहेको दृश्य !

उनले आरामले चुरोटमा चरेश भरे । अनि सल्काए र मस्त पिए । चरेशको गन्ध वरैसम्म आइरहेको थियो तर कसले सोधिखोजी गर्ने ?

हामीले उनलाई केही सोध्न खोज्यौ तर उनी केही नबोली टाप कसे । यसरी भागे कि पछ्याउन खोज्दा एकछिनमै परिसरको कुन भवनभित्र पसे पत्तै भएन ।

हेर्नुस् भिडियो

प्रतिक्रिया दिनुहोस