भारतीय विदेशमन्त्री जयशंकर आज काठमाडौँ आउँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भारतीय विदेशमन्त्री जयशंकर आज काठमाडौँ आउँदै


४ भाद्र २०७६, बुधबार


bharatia-bideshmantri-jayashankar-kathmandu

काठमाडौँ । नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौँ बैठकमा सहभागी हुन भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विदेशमन्त्री डा. सुव्रमण्यम जयशंकर आज (बुधबार) नेपाल आउँदै छन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालका अनुशार अपराह्न आयोगको बैठक शुरु हुँदैछ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका समकक्षी जयशंकरले सहअध्यक्षता गर्ने आयोग बैठकमा नेपालका तर्फबाट ३५ जना सहभागी हुनेछन् ।

संयुक्त आयोगमा दुईपक्षीय सम्बन्धका सबै विषयलाई पाँच शीर्षकअन्तर्गत राखेर छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठकमा राजनीतिक सुरक्षा र सीमा, आर्थिक सहयोग तथा पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत र संस्कृति तथा शिक्षाअन्तर्गत समग्र विषयमा छलफल हुनेछ ।

बैठकमा नेपालले प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन बुझ्न भारतलाई आग्रह गर्नुका साथै दुइ देशका प्रधानमन्त्रीबिच भएका कुराहरु कार्यान्वयन लगयत, नेपालले सार्क सक्रिय हुनुपर्ने धारणा पनि राख्नेछ ।

बैठकपछि ५ भदौमा संयुक्त वक्तव्य जारी हुनेछ । भारतमा दोस्रो पटक नरेन्द्र मोदी नेतृत्वको सरकार गठन पछि भारतीय विदेशमन्त्रीको यो पहिलो नेपाल भ्रमण हो ।

Tags :
प्रतिक्रिया दिनुहोस