सवारीसाधन अनुमतिपत्रका लागि आवेदन खुला « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सवारीसाधन अनुमतिपत्रका लागि आवेदन खुला


३ भाद्र २०७६, मंगलबार


हेटौँडा । प्रदेश नं ३ को यातायात व्यवस्था सेवा कार्यालय हेटौँडाले सवारीसाधन अनुमतिपत्रका लागि आवेदन खुला गर्ने भएको छ । उक्त अनलाइन आवेदन आगामी असोज अन्तिम साता खुला गर्ने तयारी गरिएको छ ।

हाल आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ । उक्त प्रदेशअन्तर्गत रहेको चितवनका दुई हजार ५०० मोटरसाइकल साविकको नारायणी अञ्चलमा दर्ता रहेकालाई खारेज गरी हाल प्रदेश नं ३ को कोड नम्बरसहित दर्ता गरिएको प्रदेश यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख पोषण थापाले बताए।

कार्यालयमा दैनिक ३५ देखि ४० सवारीसाधनको अनुमतिपत्र नवीकरणका लागि आवेदन दिने गरेको तथ्याङ्कमा उल्लेख छ । सो कार्यालयले आव २०७५/७६ मा रु २६ करोड ११ लाख ४८ हजार राजश्व असुली गरेको थियो ।

सवारीसाधन अनुमतिपत्रको ‘स्माट कार्ड’ काठमाडौँमा छापिने व्यवस्था भएकाले अब यातायात ऐन संशोधन भएपछि हेटौँडास्थित प्रदेश यातायात कार्यालयबाटै सो कार्य गरिने थापाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस