खुकुरी देखाउँदै फेसबुकमार्फत प्रधानमन्त्री ओली, प्रचण्ड र देउवालाई गाली गर्ने पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खुकुरी देखाउँदै फेसबुकमार्फत प्रधानमन्त्री ओली, प्रचण्ड र देउवालाई गाली गर्ने पक्राउ


३ भाद्र २०७६, मंगलबार


काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत नांगो खुकुरी देखाउँदै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, नकेपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई गाली गर्ने एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ का २५ वर्षीय सागर मैनाली छन्। उनलाई सोमबार महानगरीय प्रहरी अपराध महाशाखा र इलाका प्रहरी कार्यालय सिमराको टोलीले पक्राउ गरेको हो।

बारामा पक्राउ गरेर काठमाडौं ल्याइएका उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ बमोजिम मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस