२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानिरीक्षक खनालबाट नवनिर्मित कार्यालय भवन समुद्‍घाटन तथा ब्यारेक भवन शिलान्यास

अ+ अ-

कास्की । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संघीय प्रहरी इकाई कार्यालय पोखराको नवनिर्मित कार्यालय भवनको मंगलबार आयोजित एक कार्यक्रमवीच समुद्‍घाटन गरे । सो अवसरमा प्रहरी महानिरीक्षक खनालले सोही कार्यालय परिसरमा निर्माण हुन लागेको ब्यारेक भवनको समेत शिलान्यास गरे ।

प्रहरी महानिरीक्षक खनालले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रशंसापत्र वितरण गर्दै सुन्दर भवन समयमै निर्माण सम्पन्न भएको उल्लेख गर्दै भवन निर्माणमा लागत घट्नु राम्रो पक्ष रहेको भएता पनि त्यसको गुणस्तरमा समेत ध्यान दिनुपर्ने बताए ।

नयाँ भवन निर्माणसँगै नागरीक समक्ष थप उत्कृष्ट सेवा प्रवाह गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन समेत उनले दिए ।

नागरिक र प्रहरीबीचको समन्वयात्मक भूमिकालाई थप रचनात्मक एवं प्रभावकारी बनाउन सामुदायिक प्रहरी सेवा केन्द्रको विकल्पको रुपमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम विकसित गरिएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त अवधारणामा समेटिएका सचेतनामुलक कार्यक्रमहरु सफल पार्न सबै पक्षको सहयोग र सहभागिता आवश्यक पर्ने बताए ।

प्रत्येक प्रहरीले भावनामा शुद्धता राखी छिटो, छरितो र उत्कृष्ट कार्य सम्पादनतर्फ लक्षित हुनुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरी कर्मचारीहरुलाई कसैको दबाबमा नपरी काम गर्न समेत निर्देशन दिए ।

प्रहरी नायब महानिरीक्षक विनोद शर्मा घिमिरेले धन्यवाद मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले स्वागत मन्तव्य व्यक्त गरेको थियो भने प्रहरी निरीक्षक चतुर्भुज बोहोराले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी, आन्तरिक मामिला तथा कानुन सचिव मनोहर प्रसाद खनाल लगायतले मन्तव्य व्यक्त गरेको थियो ।

राष्ट्रिय पुनस् निर्माण प्रधिकरण कोषको सहयोगमा निर्माण सम्पन्न भएको साढे दुई तल्ले कार्यालय भवनको कूल लागत २ करोड ७८ लाख ७० हजार २ सय ९५ रुपैयाँ ७३ पैसा रहेको छ ।

कार्यक्रममा पोखरास्थित विभिन्न संघसंस्था, नागरिक समाज, पूर्व प्रहरी, नेपाल प्रहरी श्रीमती संघ, विभिन्न सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष तथा प्रतिनिधिहरु, उद्योगी, व्यवसायीहरु, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस