गृह सचिव र आइजिपीबिच सम्झौता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गृह सचिव र आइजिपीबिच सम्झौता


३ भाद्र २०७६, मंगलबार


काठमाडौँ । गृह सचिवले नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक(आइजिपी)सँगै कार्य सम्पादन सम्झौता गरेका छन्।

मन्त्रालयको वार्षिक कार्यक्रममा समावेश नीतिगत र भौतिक तथा दैनिक कार्य समयमै उत्कृष्ट सम्पादनका लागिका लागि सचिव प्रेमकुमार राईले  नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसँग सोमबार सम्झौता गरेका हुन् ।

कार्य सम्पादन सम्झौताले गृह मन्त्रालयसँग सम्बन्धित नेपाल सरकारको वार्षिक नीति, कार्यक्रम एवं बजेट कार्यान्वयन र गृह प्रशासन सुधार गर्ने कार्यमा अझ प्रभावकारी सहयोग पुग्नुका साथै कर्मचारीहरूमा जिम्मेवारी र जवाफदेहित वहन गर्ने पद्धतिको विकास भई सुशासन कायम हुने विश्वास मन्त्रालयले लिएको छ ।

प्रतिक्रिया दिनुहोस