२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री कार्यालयको छड्के

अ+ अ-

काठमाडौँ । प्रदेश नं ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मातहतका कार्यालयहरूको अनुगमन तथा निरीक्षणमा तीव्रता दिएको छ ।

सोही क्रममा सोमबार बुटवलस्थित शिक्षा निर्देशनालय र कृषि निर्देशनालयको छड्के गरेको छ ।

बिहान दसैँ बजे कार्यालय पुगेको मुख्यमन्त्री कार्यालयबाट खटिएको टोलीले साढे १० बजेसम्म गरेको छड्के अनुगमनका क्रममा कृषि विकास निर्देशनालयमा २१ जना कर्मचारीमध्ये ६ जना अनुपस्थित रहेका थिए ।

त्यस्तै शिक्षा निर्देशनालयमा कार्यरत २३ जना कर्मचारीमध्ये १३ जना कर्मचारीहरू कार्यालयको पूर्व स्वीकृत लिएर एसइई को पूरक परीक्षाको लागि विभिन्न १२ वटा जिल्लामा खटिएको र अन्य सबै कर्मचारी नियमित समयमै उपस्थित रहेको भेटिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकृत स्तर सातौँ कृष्णप्रसाद पराजुलीले बताएका छन् ।

मुख्यमन्त्री कार्यालयले आफू मातहतका कार्यालयहरूको निरन्तर अनुगमन र छड्के गर्न थालेपछि प्रदेश मातहतका कार्यालयहरूमा सुधार आएको छ । यसबाट सेवाप्रवाहमा सुधार हुँदै गएको र कर्मचारीहरुपनि कामप्रति संवेदनशील हुँदै गएको देखिएको पराजुलीले जानकारी गराए ।

केही दिन अगाडी मुख्यमन्त्री कार्यालयले बुटवलमा रहेका यातायात कार्यालयहरूको छड्के गरेको थियो । छड्के तथा अनुगमन कार्यलाई निरन्तरता दिने र कार्यालयहरूलाई नमुना बनाउने दिशामा मुख्यमन्त्री कार्यालय रहेको छ ।