मुख्यमन्त्री कार्यालयको छड्के « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

मुख्यमन्त्री कार्यालयको छड्के


२ भाद्र २०७६, सोमबार


काठमाडौँ । प्रदेश नं ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मातहतका कार्यालयहरूको अनुगमन तथा निरीक्षणमा तीव्रता दिएको छ ।

सोही क्रममा सोमबार बुटवलस्थित शिक्षा निर्देशनालय र कृषि निर्देशनालयको छड्के गरेको छ ।

बिहान दसैँ बजे कार्यालय पुगेको मुख्यमन्त्री कार्यालयबाट खटिएको टोलीले साढे १० बजेसम्म गरेको छड्के अनुगमनका क्रममा कृषि विकास निर्देशनालयमा २१ जना कर्मचारीमध्ये ६ जना अनुपस्थित रहेका थिए ।

त्यस्तै शिक्षा निर्देशनालयमा कार्यरत २३ जना कर्मचारीमध्ये १३ जना कर्मचारीहरू कार्यालयको पूर्व स्वीकृत लिएर एसइई को पूरक परीक्षाको लागि विभिन्न १२ वटा जिल्लामा खटिएको र अन्य सबै कर्मचारी नियमित समयमै उपस्थित रहेको भेटिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकृत स्तर सातौँ कृष्णप्रसाद पराजुलीले बताएका छन् ।

मुख्यमन्त्री कार्यालयले आफू मातहतका कार्यालयहरूको निरन्तर अनुगमन र छड्के गर्न थालेपछि प्रदेश मातहतका कार्यालयहरूमा सुधार आएको छ । यसबाट सेवाप्रवाहमा सुधार हुँदै गएको र कर्मचारीहरुपनि कामप्रति संवेदनशील हुँदै गएको देखिएको पराजुलीले जानकारी गराए ।

केही दिन अगाडी मुख्यमन्त्री कार्यालयले बुटवलमा रहेका यातायात कार्यालयहरूको छड्के गरेको थियो । छड्के तथा अनुगमन कार्यलाई निरन्तरता दिने र कार्यालयहरूलाई नमुना बनाउने दिशामा मुख्यमन्त्री कार्यालय रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस