गैंडाज आर गैंडाज, नट राइनोज : प्रधानमन्त्री « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गैंडाज आर गैंडाज, नट राइनोज : प्रधानमन्त्री


२ भाद्र २०७६, सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैंडालाई गैंडा नै भन्न् पर्नेमा राइनो भनिएको प्रति असन्तुष्टि जनाएका छन् ।

एसिया प्रशान्त क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरुको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गैंडालाई गैंडा नै भन्नु पर्ने बताए ।

प्रधानमन्त्रीले भने, ‘गैंडाज आर गैंडाज, नट राइनोज ।’

उनले ले सगरमाथालाई पनि ‘माउन्ट एभरेष्ट’ भन्नुको साटो सगरमाथा नै उच्चारण गरिदिन आग्रह गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले पर्यटन नेपालको मुख्य क्षेत्र रहेको भन्दै त्यसको विकासका लागि कनेक्टिभिटीको ठूलो महत्त्व रहेको बताए । नेपालमा दुई नयाँ विमानस्थल बन्दै गरेको उल्लेख गर्दै उनले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रुपान्तरण गर्न लागिएकोसमेत उल्लेख गरे ।

सोमबारदेखि सुरु सम्मेलनमा ४३ देशका ४ सयभन्दा धेरै प्रतिनिधि सहभागी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस