रवि लमिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रवि लमिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी


१ भाद्र २०७६, आइतबार


काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको छानबिन गर्न माग गर्दै टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछानेविरुद्ध पुडासैनीको परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन्।

श्रीमती सम्झना पुडासैनीले महानगरीय प्रहरी परिसर काठमाडौंमार्फत् आइतबार किटानी दिएकी हुन्। उनको किटानी जाहेरी चितवन पठाइने छ।

सम्झना आफैँले सञ्चारकर्मी लामिछानेसहित अन्य आरोपी युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध पनि किटानी दिएकी हुन्।

रविसहित तीनै जना चितवन जिल्ला अदालतको आदेशले थुनामा रहेकाले थप अनुसन्धान गर्न जाहेरी पनि चितवन नै पठाइने काठमाडौ प्रहरीले जनाएको छ।

पुडासैनीले मृत्यु हुनुअघि रेकर्ड गरेको भनिएको भिडियो सामग्रीमा आरोप लगाएपछि रविसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो।

जिल्ला अदालत चितवनबाट म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान गरिरहेको छ।

गत साउन २० गत्ते चितवनको भरतपुर महानगरपालिका १ नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुमा पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।

प्रतिक्रिया दिनुहोस